Logo

मनोरञ्जन

शीर्षक : सहिदको रगत हाम्रो वीरता



उर्लिएको भेललाई सोध
उदाएको जुनलाई सोध
बगिरहेको नदीलाई सोध
कुहु कुहु गरिरहेको कोयललाई सोध
नेपाल र नेपालीका लागि सहिदको रगत केहो भनेर
उनीहरू सबैले भन्नेछन्, त्यो त हाम्रो वीरता हो

अब रोकिने छैनन्, प्रगतिपथमा लम्किएका नेपाली पाइला
शीखर चुमेर फहराउने छन् सफलताको झण्डा
देशको आत्मामाथि दाग लाउने हरूलाई
घरमै बनेको कुटो, कोदालो, हसिया लिएर
चिथोर्ने छन्, लखेट्ने छन्
तर, कदापी सहिदका सपना खेर जान दिने छैनन्
त्यसैले स्वाभिमानी नेपालीलाई सोध सहिदको रगत केहो भनेर
उनीहरू सबैले भन्नेछन्, त्यो त हाम्रो वीरता हो

विश्वमै परिचित वीर गोर्खाली हामी
कहिले लुक्न जानेनौं, कसैसामू झुक्न जानेनौं
चुनौतिको डटेर सामना गर्‍यौं
शुक्रराज, धर्मभक्त, दशरथ र गंगाला पायौं
उनीहरूको योगदानमै हामी रमायौं
अब उनीहरूको वीरताको त्यागलाई जोगाउनु छ
त्यसैले बहादुर नेपालीलाई सोधसहिदको रगत केहो भनेर
उनीहरू सबैले भन्नेछन्, त्यो त हाम्रो वीरता हो

प्रकाशित मिति : १६ माघ २०८०, मंगलवार १२:२२   :  बजे

876
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।