Logo

खेलकुद

नेपाल बंगलादेशसँग ५ विकेटले पराजित



काठमाडौं- नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको छ।

जारी यू-१९ विश्वकप अन्तर्गत नेपालले दिएको १७० रनको लक्ष्य पछाएको बंगलादेशले २५.२ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो।

नेपालका बलर सुबास भण्डारीले बंगलादेशका पाँचै विकेट लिएका थिए।

यसअघि टस जितेर पहिला ब्याटिंग गर्दै नेपालले ४९.५ ओभरमा अलआउट हुदै १६९ रन बनाएको हो।

नेपालका लागि विशाल विक्रम केसीले सर्बाधिक ४८ रन बनाएका थिए भने कप्तान देव खनालले ३५ रन बनाएका थिए। त्यस्तै अर्जुन खनालले १४ रन बनाएका थिए। नेपालका लागि विपिन खनालले २, आकाश त्रिपाठीले ३, गुलशन झाले ३,  दिपक बोहोराले ३, दिपेश कँडेलले ३, सुबाश भण्डारीले १८ रन र दुर्गेश थापाले ९ रन बनाएका थिए।

त्यसैगरी बंगलादेशका बलर रोहनत डोउलाह बोरसनले ४ विकेट लिए भने शेइख पाएभेज जिबोनले ३ विकेट लिएका थिए। त्यस्तै इकबाल होसैन एमोन, मारुफ मृधा र जिशान आलमले एक विकेट लिएका थिए।

यो जितपछि बंगलादेश सेमिफाइनलको दौडमा कायम रहेको छ र बंगलादेशको ३ खेलमा ४ अंक भएको छ।

नेपाल भने सेमिफाइनलको दौडबाट यस अघि नै बाहिर भएको छ। नेपालले अब अर्को खेल भारतसँग शुक्रबार खेल्ने छ।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार २०:०४   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।