Logo

मनोरञ्जन

फिल्म उपहारको शीर्ष गीत ‘हारेको छैन’ सार्वजनिक



काठमाडौं । फागुन २५ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘उपहार’को शीर्ष गीत ‘हारेको छैन’ बिहीबार सार्वजनिक भएको छ । गीतमा रविन भुसालको स्वर, अर्जुन पोखरेलको संगीत तथा प्रमोद ढुंगानाको शब्द छ ।

कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको शब्द सजिलै सम्झन सक्ने खालका छन् । गीतको भिडियोले फिल्म भित्र रहेको पात्रहरूको उतारचढाव समेत बोलेको छ ।

ज्ञानेन्द्र देउजाको निर्देशन रहेको ‘उपहार’ सामाजिक विषयवस्तुमा निर्माण भएको हो । प्रेमकथा, कमेडीदेखि रोदनसम्म सबै विषयवस्तु समेटिएको फिल्म निर्देशक देउजाको निर्देशन रहेको १७ औं फिल्म हो । फिल्म हरेक किसिमका दर्शकका लागि मध्यनजर गरेर निर्माण भएको निर्देशक देउजा बताउँछन् ।

फिल्ममा रेखा, बेनिशा, पूजा, मुकुन, र सुष्माको अलवा तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, अंशु महर्जन, आशा भुषाल लगायतको अभिनय छ । अभिनेत्री थापाका श्रीमान् बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको फिल्मका निर्माता सुलभ प्रतीक र समीक्षा देउजा हुन् ।

रेखा फिल्मस् र कपनगढी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा विष्णु कल्पित घिमिरेको छायाङ्कन, अर्जुन पोखरेल र बाबुल गिरीको सङ्गीत, मित्र डी गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यु निरवी र माधव शर्माको पटकथा तथा संवाद, अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ ।

फिल्म प्रदर्शनका लागि आउन लागेका पनि अभिनेत्री रेखा भने अमेरिकामा छिन् । पहिलो सन्तानको जन्मदिन उनी अमेरिका पुगेकी हुन् ।

 

प्रकाशित मिति : १८ माघ २०८०, बिहीबार १६:३२   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।