काठमाडौं- नेपाली कांग्रेस नेतृ एवं प्रतिनिधिसभा सदस्य आरजु राणा देउवा नाचेको भिडियो यतिबेला सामाजिक सञ्जालमा छाइरहेको छ।
आरजुले उक्त डान्स छोरा जयवीरसिंह देउवाको बिहेको पूर्वसन्ध्यामा शुक्रबार राति काठमाडौंको सोल्टी होटलमा आयोजित कार्यक्रममा गरेकी हुन्।
अधिकांशले उनको नृत्यलाई मन पराएका छन्। उनले गीतको लयमा राम्रोसँग नृत्य प्रस्तुत गरेको भिडियोमा देख्न सकिन्छ। उक्त सांगीतिक कार्यक्रममा देउवा पुत्र जयवीर पनि नाचेका थिए।
कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवाको बिहे आज गायिका शिवाना श्रेष्ठसँग हुने भएको छ।
आरजु नाचिरहेको भिडियो थुप्रैले सामाजिक सञ्जालमा राखिरहेका छन्। रुटिन अफ नेपाल बन्द नामक फेसबुक पेजले पनि उक्त भिडियोलाई आफ्नो वालमा पोस्ट गरेको छ।





















प्रतिक्रिया