Logo

मनोरञ्जन

मलाई दश गजा उभिनु छ

गजल



मलाई एकै छिन मर्नु छ आमा फेरि बिउँझिनु छ
मेरा खुशीमा आँशु झार्नेलाई खुसी दिलाई दिनु छ

प्रिया मलाई शीरमा सजाएर तिमी पर्खिरहनु
मलाई देश शीरमा लिएर दश गजा उभिनु छ

अन्तिम गन्तव्य छुट्टिनु हो, तिमी छुट्यौं ठिकै छ
आखिर यो जिन्दगी पनि मसान घाटमा छुटिनु छ

मलाई देशको मायाले देश छोड्न दिँदै दिँदैन
बाध्यताको पहाड देख्दा लाग्छ अब प्रदेसिनु छ

जिन्दगीको म्याराथनमा जिते जितिन्छ हारे सिकिन्छ
जितेर, हारेर, सिकेर त जिन्दगीको मज्जा लिनु छ

प्रकाशित मिति : २३ माघ २०८०, मंगलवार ११:४८   :  बजे

1.5K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।