Logo

सुरक्षा/अपराध

तास खेलिरहेको अवस्थामा पक्राउ



माण्डवी गाउँपालिका-३ लामाचौरस्थित शरद केसीको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २९ वर्षीय सुरज कार्की लगायत १० जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

तास खेल्दै गरेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय प्युठान र प्रहरी चौकी देबिस्थानबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ६८ हजार ४० रुपैयाँ  र  एक गड्डी तास सहित पक्राउ गरेको हो | यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलवार १३:१४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।