Logo

खेलकुद

दीपेन्द्रसिंह ऐरीले गल्फ जायन्टसबाट आइएल टी-२० खेल्ने



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्र सिंह ऐरीले गल्फ जायन्टसबाट यूएईको आइएल टी-२० प्रतियोगिता खेल्ने भएका छन् । नेपाल क्रिकेट संघ(क्यान)ले बिहीबार ऐरीलाई शुभकामना दिँदै ऐरीलाई गल्फ जायन्ट्सले अनुबन्ध गरेको जनाएको हो ।

उनी आज नै त्यसतर्फ प्रस्थान गर्दैछन् । क्यानका अनुसार गल्फ जायन्टले उनलाई नजिकबाट हेरिरहेको र उनको प्रदर्शनबाट प्रभावित भएर अनुबन्ध गरेको बताएको छ ।

गल्फ जायन्टले अब लिगमा २ खेल खेल्न बाँकी छ । आइएल टी-२० लिगमा ६ टिम आबद्ध छन् ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहीबार १३:४६   :  बजे

216
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।