Logo

सुरक्षा/अपराध

मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी पक्राउ



मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी लमजुङ बेसीशहर नगरपालिका-३ घर भई काठमाडौं चन्द्रागिरी नगरपालिका- ५ बस्ने ६३ वर्षीय चन्द्र बहादुर अधिकारीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।   

घर सहयोगीको रुपमा राखेकी ६६ वर्षीया महिलालाई चन्द्र बहादुरले बिरामी श्रीमतीलाई भारतमा उपचार गर्न लैजान लागेको र उनको स्याहार सुसारको लागि भारत जाउँ भन्दै आर्थिक प्रलोभनमा पारी २०७६ पुस २ गते वीरगंजको रक्सौल हुँदै कलकत्तास्थित मुकुन्दपुर पुर्‍याई यौन शोषण तथा जबरजस्ती करणी गरेको भन्ने मानब बेचबिखन तथा ओसारपसार मुद्दामा घटना पश्‍चात चन्द्र बहादुर फरार रहेका थिए ।

फरार चन्द्र बहादुरलाई चितवन भरतपुर महानगरपालिका-५ तोरीखेत भन्ने ठाउँमा लुकिछिपी रहेको भन्ने विशेष सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले पक्राउ गरेको उक्त ब्यूरोले जनाएको छ ।  

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलवार १३:२२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।