Logo

सुरक्षा/अपराध

करिब १२ लाख ६३ हजार रुपैयाँ बराबरको सुन र नगद लुटपाट



पाल्पा, १८ कात्तिक । रामपुर नगरपालिका-८ ढकालचौपारी बस्ने ६९ वर्षीया महिलाको घरबाट नगद ३ लाख रुपैयाँ र करिब ९ लाख ५ हजार रुपैयाँ बरारको सुनका गरगहना समेत गरी करिब १२ लाख ६३ हजार रुपैयाँ बराबरको धनमाल सोमबार राति लुटपाट भएको छ ।

ती महिलाको घरमा आएका ३ जना अपरिचित ब्यक्तिहरुले बिजुली बन्द गरी पानी पिउन मागेको र पानी दिने क्रममा अचानक खुकुरी देखाई कुटपिट गरी उक्त धनमाल लुटपाट गरेको बताइएको छ ।

कुटपिटबाट घाइते महिलाको रामपुर अस्पताल पाल्पामा सामान्य उपचार पश्चात थप उपचारका लागि लुम्बिनि मेडिकल कलेज प्रभास पाल्पा पठाइएको छ । लुटपाटमा संलग्न हाल फरार व्यक्तिहरुको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : कार्तिक १८, २०७७ मंगलबार  १ : २७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।