Logo

बैंकिङ

माछापुच्छ्रे बैंकका पूर्व अध्यक्ष तथा सांसद केसीको निधन



माछापुच्छ्रे बैंकको पुर्व अध्यक्ष तथा सांसद सूर्यबहादुर केसीको निधन भएको छ । पोखराका व्यावसायीसमेत रहेका केसीको सोमबार राती निधन भएको हो ।

पोखराको चर्चित ब्राण्ड रारा चाउचाउको उत्पादन गरेर दक्षिण एसियामै नमा राख्न सफल व्यावसायी केसी पछिल्लो समय राप्रपा छाडेर काङ्ग्रेस प्रवेस गरेका थिए । उनि नेपाली कांग्रेसको तर्फबाट समानुपातिक सांसदसमेत हुन ।
उनको सुगरका कारण सोमबार राती निधन भएको हो । माछापुच्छ्रे बैंकको मुख्य सेयरधनी रहेका केसी सो बैंकको २०७०÷०७१ सम्म संचालक समितिको अध्यक्ष रहेका थिए । केसीका ३ छोरा रहेका छन । उनका कान्छो छोरा रोशन केसी अहिले बैंकको संचालक रहेका छन । केसी समुहको झण्डै २० प्रतिसत सेयर माछापुच्छ्रे बैंकमा रहेको छ ।

राप्रपाबाट ०७४ कात्तिकमा नेपाली कांग्रेसमा प्रवेश गरेपछि समानुपतिकतर्फबाट अहिले सांसद भएका थिए । केसीको नेतृत्वमा हिमश्री फुड्स प्रालि, हिमश्री फुड्स वेस्टन नेपाल, केसी कन्स्ट्रक्सन फर्म, टाक्स हाइड्रोपावर प्रालि, भगवती हाइड्रोपावर प्रालि, सिभिल हाइड्रोपावर प्रालि, गण्डकी हाइड्रोपावर प्रालि, मडक्यू सिक्लेस० हाइड्रोपावर प्रालि, युनाइटेड इदि मर्दि हाइड्रोपावर प्रालि, अपर सेती हाइड्रोपावर प्रालि, हिमश्री केसी ग्रुप पिएएर्स इण्डस्ट्रीज एण्ड ट्रेडिङ, माछापुच्छ्रे बैंक लगायत उद्योग खुलेका छन ।

प्रकाशित मिति : कार्तिक १८, २०७७ मंगलबार  २ : ०२ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।