Logo

खेलकुद

क्यानडाविरुद्ध नेपाललाई पाँचौँ सफलता, कुशल मल्लले लिए विकेट



काठमाडौं । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको सोमबार जारी तेस्रो तथा अन्तिम खेलमा नेपालले क्यानडाको पाँचौँ विकेट लिएको छ । नेपाली बलर कुशल मल्लले क्यानडाको पाँचौँ विकेट लिएका हुन् ।

उनले क्यानडाका पाँचौँ नम्बरका ब्याट्सम्यान हर्ष ठाकेरलाई २९ रनको ब्यक्तिगत स्कोरमा आउट गरे । कुशल मल्लले हर्षलाई एलबीडब्लूको धरापमा पारेका हुन् । जारी खेलमा कुशल मल्लले लिएको यो दोस्रो विकेट हो । पेभेलियन फर्किनुअघि हर्षले ५७ बलको सामना गरी दुई चौका हिर्काएका थिए । ३६‍.५ ओभरमा हर्ष आउट हुँदा क्यानडाले एक सय ३२ रन बनाएको छ ।

शृंखलाको तेस्रो खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निणर्य लिएको छ ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार १२:२५   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।