काठमाडौं । क्यानडाविरुद्धको तेस्रो एक दिवसीय खेलमा नेपालका भीम सार्कीले अर्धशतक बनाएका छन् ।
७८ बल खेलेका उनले ५ चौकाको मद्दतमा अर्धशतक पूरा गरेका हुन् । यसअघि सोमबारकै खेलमा नेपालका अनिलकुमार साहले पनि अर्धशतक बनाएका छन् ।
भीमले एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा बनाएको यो चौथो अर्धशतक हो । उनले हाल २१ औँ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलिरहेका हुन् ।
अनिल शाहले ५१ बलको सामना गरी एक छक्का र आठ चौकाको मद्दतले अर्धशतक पूरा गरेका थिए । अनिलले १४.५ ओभरमा आफ्नो अर्धशतक पूरा गरेका थिए । क्यानडाविरुद्धको जारी शृंखलामा उनले बनाएको यो लगातार दोस्रो अर्धशतक हो । यसअघि शनिबार खेलिएको शृंखलाको दोस्रो खेलमा पनि उनले उत्कृष्ट अर्धशतक बनाएका थिए । उक्त खेलमा २५ वर्षीय अनिलले ५० रन बनाएका थिए ।
अनिलले केवल २० बलको सामना गरी तीन छक्का र सात चौका पनि हिर्काएका थिए ।





















प्रतिक्रिया