Logo

मनोरञ्जन

‘कट्टा हानिदिन्छु’ गीतविरुद्ध उजुरी



काठमाडौं । गायिका एलिना चौहानको स्वर रहेको गीत ‘कट्टा हानिदिन्छु’ विरुद्ध उजुरी परेको छ ।

आफ्नो गीतबाट चोरी भएको दाबी गर्दै गायक विश्वराम कार्कीले नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयमा उजुरी दर्ता गराएका हुन् ।

कार्कीले आफ्नो गीत हुबहु कपी गरेर नेत्र अर्यालको शब्दमा ओबी रायमाझी युट्युब च्यानलबाट ल्याएको उजुरीमा उल्लेख छ ।

‘म विश्वराज कार्कीले २०७८-०१-१५ मा रेकर्ड भएको गीत मेगेन्द्र सुवेदीसँग लिए । सुवास कार्कीको शब्द संयोजनमा म गायक विश्वराम कार्कीको लगानीमा सबै काम सकिएको थियो’, उजुरीमा अगाडि भनिएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलवार १३:२३   :  बजे

702
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।