Logo

खेलकुद

रोनाल्डोको गोलमा अल नासर विजयी



काठमाडौं- साउदी क्लब अल नासरले एएफसी च्याम्पियन्स लिगको राउण्ड १६ को पहिलो लिगमा जित हासिल गरेको छ।

गएराती सम्पन्न खेलमा अल नासरले अल फेइहालाई १-० गोल अन्तरले पराजित गरेको हो।

अल नासरको जितमा क्रिस्टियानो रोनाल्डोले खेलको ८१औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो।

यो जितसँगै अल नासरले पहिलो लिगमा १-० को अग्रता लिएको छ। अब राउण्ड १६ को दोस्रो लिग फेब्रुअरी २१ मा हुने छ।

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहीबार ०९:२१   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।