Logo

खेलकुद

नामिबियाविरुद्ध नेपालले गुमायो छैटौँ विकेट, सोमपाल आउट



काठमाडौं । किर्तिपुर क्रिकेट मैदानमा भइरहेको ‘आईसीसी मेन्स क्रिकेट वल्र्ड कप लिग टु’ मा नामिबियाविरुद्धको खेलमा नेपालले छैटौँ विकेट गुमाएको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा नामिबियाविरुद्ध सुरुवाती ब्याटिङ गरिरहेको नेपालले छैटौँ विकेट गुमाएको हो ।

भीम सार्कीसँग साझेदारीका लागि मैदानमा आएका सोमपालले ६ बल खेल्दै २ रन मात्रै बनाउन सके । नामिबियाका कप्तानसमेत रहेका गेहार्ड इरासमुसको बलिङमा जन फ्राईलिंकले क्याच गरेपछि सोमपाल आउट भएका हुन् । यतिबेला नेपालका लागि भिम सार्कीले ७२ बलमा ४१ रन बनाएर खेलिरहेका छन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहीबार ११:२०   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।