Logo

अर्थ

युनाइटेड अजोड इन्स्योरेन्सका डेपुटी सीईओ खत्रीले दिए राजीनामा, यस्तो छ कारण



काठमाडौं- युनाइटेड अजोड इन्स्योरेन्सका बरिष्ठ डेपुटी प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) कुमार बहादुर खत्रीले राजीनामा दिएका छन्।

सञ्चालक समिति समक्ष राजीनामा दिए पनि उनको राजीनामा सञ्चालक स्वीकृत हुन बाँकी छ।

अजोड र युनाइटेड मर्ज हुनुभन्दा अगाडि अजोडका सीईओ रहेका खत्री मर्जपछिको युनाइटेड अजोडमा बरिष्ठ डेपुटी सीईओको भूमिकामा रहेका थिए। उनी २०७५ जेठमा अजोडको सीईओ नियुक्त भएका थिए।

खत्रीकै व्यवस्थापकीय नेतृत्वमा अजोड इन्स्योरेन्सको स्थापना भएको हो। स्थापनाकालदेखि नै राम्रो कार्यक्षमता प्रस्तुत गरेर सफलताको चर्चा कमाएका खत्रीले मर्जरपछि भने राजीनामा दिएका हुन्। तत्कालिन अवस्थामा प्रभु इन्स्योरेन्स र युनाईटेड इन्स्योरेन्सले मर्जरमा जाने तयारी गर्दा सीईओ नपाउँदा खत्रीले नै प्रभु इन्स्योरेन्ससँगको मर्जर असफल बनाएका थिए।

त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन संकायमा स्नातकोत्तर उत्तिर्ण खत्री साढे दुई दशदेखि इन्स्योरेन्स क्षेत्रमा कार्यरत छन्। नेपाल इन्स्योरेन्स कम्पनीबाट विकास अधिकृतबाट बीमा क्षेत्रमा प्रवेश गरेका खत्रीसँग तत्कालीन एनबी इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स समेत कार्यअनुभव छ।

अजोड र युनाइटेड अजोडमा गरी उनले सात वर्ष काम गरेका छन्। युनाईटेड अजोड इन्स्योरेन्स मर्जरमा आउँनु अघि उनले अजोड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रुपमा झन्डै दुई कार्यकाल नेत्तृत्व गरेका थिए।

 

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहीबार १३:१३   :  बजे

72
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।