Logo

मनोरञ्जन

कस्तुप पन्तको आधुनिक गीत ‘कहाँ गयौ निरमाया’ सार्वजनिक



काठमाडौं । गीतकार, एब्म संगीतकार कस्तुप पन्तको ‘कहाँ गयौ निरमाया’ आधुनिक गीत सार्वजनिक भएको छ । अहिलेका सर्वाधिक चर्चित गजल गायक थानेश्वर गौतमको आवाज रहेको गीतमा शब्द, संगीत पन्त आफैले भरेका हुन् ।

‘कहाँ गयौ निरिमाया म त तिम्लाई भुल्न सक्दिन, पहिलो माया तिमी नै हौ अन्तिम पनि तिमी नै हौं तिमी बाहेक अर्को दिलमा फुल्न सक्दिन’ गीतमा भरिएका शब्द हुन् ।

कुमार केसीले निर्देशन गरेको गीतको भिडियोमा मोडेल बिमल अधिकारी, बादल घिमिरे र कुशुम शर्माको अभियन रहेको छ । पन्तले समय सापेक्ष माया प्रेम, चाडपर्ब लक्षित गित बजारमा ल्याउने गाएकको रुपमा परिचित छन् ।

 

प्रकाशित मिति : फाल्गुन ६, २०८० आईतबार  १ : १४ बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।