Logo

शिक्षा

सरस्वतीको मन्दिर निर्माणकर्ता कृष्णालाई नवोदय विद्यालयको सम्मान



विपिनगर- डोटीको जोरायल गाउँपालिका-५ गडसेरास्थित नवोदय माद्यामिक विद्यालयले एक पूर्व विद्यार्थीलाई सम्मानीत गरेको छ। पूर्व विद्यार्थी कृष्णादेवी भण्डारी ओझाले करिव चार लाख लागतमा विद्यालय परिषरमा सरस्वतीको मन्दिर निर्माण गरेकोमा उनलाई विद्यालयले एक समारोहबीच सम्मानीत गरेको हो।

जोरायल-५ गड्सेरास्थित ज्यूनेबस्तास्थित वैयाल परिवारले सप्ताह महायज्ञको आयोजना गरेको अवसरमा गडसेरा पुगेकी कृष्णालाई विद्यालयले सम्मान गरेको हो। उनी विद्यालयको जग्गा दाताका परिवारकी भतिजीसमेत हुन्।

कृष्णाले आफूले पढेको विद्यालयमा सरस्वतीको मन्दिर स्थापना गर्न पाउँदा र विद्यालयले यसरी सम्मान गर्दा निकै खुसी लागेको बताइन्। उनले आगामी दिनमा पनि यस्ता समाजसेवाका काममा आफ्नो सक्रियता जारी नै रहने बताएकी छन्।

सरस्वतीको मन्दिर निर्माणमा विद्यालयको समेत प्राविधिक सहयोग रहेको थियो। वडा नम्बर ५ का वडाध्यक्ष ध्वजबहादुर देउवाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हर्कबहादुर रानाले स्वागत मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवराज भट्ट, पूर्व प्रधानाध्यापक फडेन्द्र बहादुर खडायत, पूर्व विद्यार्थी नवराज भण्डारीलगायतले मन्तव्य व्यक्त गरेका थिए।

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलवार १२:३६   :  बजे

618
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।