Logo

प्रमुख समाचार

के हो टन्सिल, यसबाट कसरी बच्ने?



हाम्रो घाँटी र जिब्रोको पछाडि भागमा दुबैतिर बदाम आकारको अंग हुन्छ। जसलाई टन्सिल भनिन्छ।  हामी प्राय: टन्सिल भयो भन्छौं। तर, यो कुनै रोग भने होइन। टन्सिल हाम्रो शरीरको एउटा अंगको नाम हो। टन्सिलले हामीलाई इमिन्यिूटी प्रदान गर्नुका साथै नाक र मुख भई आउने रोगका किटाणु (भाइरस, व्याक्टेरिया)लाई हाम्रो शरीरभित्र जानबाट जोगाउने र मार्ने काम पनि गर्छ। यही अंग सुन्निएर समस्या आउँदा घाँटी दुख्छ जसलाई टन्सिलाइटिस् भनिन्छ।

टन्सिलले हामीलाई इमिन्यिूटी प्रदान गर्नको लागि काम गरिरहेको हुन्छ। तर, यसको संक्रमण भयो भने यसलाई टन्सिलाइटिस भन्ने गरिन्छ। सामान्य तया टन्सिलाइटिसमा भयो घाटीँ दुख्ने, रुघाखोकी, आवाज परिवर्तन हुने, थुक्क निल्न गाह्रो, खान मन नलाग्ने, जस्ता लक्षणहरू देखिने गर्छन्।

टन्सिलाइटिस  दुई प्रकारका हुन्छन्। क्यूट टन्सिलाइटिस र  क्रनिक टन्सिलाइटिस्।

१. क्यूट टन्सिलाइटिसमा घाँटी दुख्नु पहिलो लक्षण हुनेगर्छ। यसमा अचानक टन्सिल सुन्निने, रातो हुने र घाँटी दुख्ने हुन्छ। टन्सिलमा सेतो वा पहेँलो दाग देखिनु,घाँटी खसखस हुनु, केही चिज खाँदा वा निल्दा दुख्नु, पानी वा थुक निल्दा पनि दुख्ने वा अप्ठेरो हुनु, घाँटीको बाहिर लिम्फ नोड सुन्निनु  र छाम्दा डल्लो महसुस हुनु, १०२ देखि १०४ सम्म ज्वरो आउनु, भोक कम लाग्ने र थकान हुनु, श्वास गन्हाउने र बढी प्यास लाग्नु,जस्तां लक्षणहरू देखिने गर्छन्।

२. क्रनिक टन्सिलाइटिसमा एक्यूट टन्सि लाइटिसमा गलत खानपान वा गलत उपचारले क्रनिक बन्छ। यसको पनि मुख्य लक्षण भनेको घाँटी दुख्नु हो। यसमा टन्सिलको सुन्नाई वा दुखाई लामो समय लगातार हुने हुन्छ। सुख्खा खोकी लाग्नु,आवाज पनि परिवर्तन आउनु गर्धन बाहिर पनि छामेर हेर्दा गाँठो देखिने हुनेहुन्छ।

टन्सिलाइटिस के मौसमी समस्या हो?   

प्राय: हामीले  चिसोमा टन्सिल बढी भइरहेको देखेका या सुनिरहेका हुन्छौ। जाडोको समयमा भाइरसहरू एकदमै सक्रिय भई बसिरहने हुदाँ भाइसर को संक्रर्मण र व्याक्टेरियाको संक्रमणबाट टन्सिलाइटिस हुने हुन्छ। टन्सिल जुनसुकै मौसममा पसिन हुन सक्ने हुन्छ तर चिसोमा यो बढी देखिने समस्या पनि समस्या हो। अरु बेलामा पनि गलत खानपानका कारणले पनि यो हुने हुन्छ। यो प्राय मौसम परिवर्तन हुदा पनि हुने हुन्छ । जस्तै गर्मी मौसम सकिएर जाडो सुरू हुँदा र जाडो सकिएर गर्मी मौसम सुरु हुन लाग्दा यो बढी देखिन्छ।

के टन्सिलाइटिस कुनै उमेर समूहलाई मात्रै हुन्छ? 

सामान्यत टन्सिलाइटिस सबै उमेर समूहका व्यक्तिलाई हुने समस्या हो। तर, बालबालिका ५ देखि १५ वर्षसम्मका मानिसलाई धेरै हुनेगर्छ। बालबालिकामा घाँटी दुखेर ज्वरो आउने, शरीर तथा जोर्नी दुख्ने, बान्ता हुने, पेट दुख्ने हुन्छ। भाइरसको संक्रमणबाट हुने हुँदा यो समस्या स्कुले बच्चाहरूमा प्राय बढी देखिन्छ। किन भने बच्चाहरू एक अर्काको जुठो खाने हुँदा पनि यो संक्रमण हुने हुन्छ।

टन्सिलाइटिसका जटिलता के हुन्?

हाम्रो शरीरमा हुने समस्याहरूको सही समयमा उपचार गरी निको पारिएन भने त्यो बल्झिँदै गएर निको नहुनेसम्म पुग्न सक्छ। त्यसै टन्सिलाइटिसको पनि समयमा उपचार गरिएन भने यसले पछि गएर दु:ख दिन सक्छ। खासगरी  बालबालिकामा टन्सिलाइटिसको सही उपचार भएन भने पछि यसले मुटुको भल्बमा समस्या भई बाथ तथा मुटुरोग हुनजान्छ। यसले गर्दा मुटु कमजोर हुने र शल्यक्रियासमेत गर्नुपर्ने हुन सक्छ। त्यसपछि जीवनभर औषधि लिनुपर्ने हुनसक्छ। त्यसैले बालबालिकामा घाँटी दुखेर ज्वरो आएमा समयमै सही उपचार गर्नुपर्छ।

किन हुन्छ टन्सिलाइटिस?

फ्रिजबाट निकाल्ने वित्तिकै खानाले, जंकफुड, फास्टफुड सेवन, बट्टाबन्दी जुसहरू, रियल, कोक सेवनले, पाचन हुन गाह्रो हुने खानाहरू सेवनले, सागसब्जी र फलफूलको कमीले, पानी कम पिउनाले, पिरो र अमिला खाद्यपदर्थ धेरै चिल्लो, मरमसलायुक्त वा तारेभुटेका खानाले टन्सिलाइटिस हुने हुन्छ।

टन्सिलाइटिसबाट जोगीन के गर्ने?

यो संक्रमणबाट हुने हुदाँ आफ्नो वरपरको मान्छेहरूमा कुनै प्रकारको संक्रमण छ भने दुरी कायम गरेर बस्ने , जाडो मौसममा तातो पानी पिउने, आफूलाई न्यानो पारेर राख्ने, तातो खानेकुरा खानाले पनि टन्सिलबाट बच्न सकिन्छ।

घाटी दुखेको समयका मन्तातो पानीले गर्गल गर्यो भने पनि यस बाट बच्न सकिन्छ। टन्सिलाइटिस भइहाल्यो भने टन्सिलाइटिस हुनेवित्तिकै नरम तथा झोलिला आहार खानुपर्छ। टन्सिलाइटिस भएको खण्डमा डाक्टरको सल्लाह अनुसार औषधी लिनुपर्छ।

(नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. चेतना पाठकसँग अनलाइनपानाका लागि भूमिका के. बिष्टले गरेको कुराकानीमा आधारित।)

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार १२:१३   :  बजे

1K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।