इटहरी- एनआइसी एसिया बैंकको पथरी शनिश्चरे शाखाको खाताबाटै ग्राहकको रकम चोरी भएको छ। बैंकको खाताबाटै ग्राहकको रकम चोरी भएपछि स्थानीय व्यवसायीहरूले बुधबार बैंकमा तालाबन्दी गरेका छन्।
मंगलबार एक व्यवसायीको खाताबाट रकम चोरी भएको समाचार बाहिरिएपछि पथरीका व्यवसायीहरूले बैंकप्रति आक्रोश व्यक्त गर्दै बुधबार तालाबन्दी गरेका हुन्।
पथरीका विभिन्न व्यवसायीले बैंकको ज्यादती भएको भन्दै नाराबाजीसमेत गरेका छन्।
एनआइसी एसिया बैंकका विषयमा पछिल्लो समय निरन्तर नकारात्मक समाचारका साथै टिप्पणीहरू सार्वजनिक भइरहेका छन्। यहीबीच निक्षेपकर्ता अत्तालिन थालेछन्। जसका कारण बैंकबाट दिनहुँ १२ देखि १४ अर्ब रुपैयाँ निक्षेप बाहिरिन थालेको छ।




















प्रतिक्रिया