Logo

मनोरञ्जन

‘रङ्गेली’को ट्रेलरमा डर र शक्तिको खेल



काठमाडौं ।  फिल्म ‘रङ्गेली’को ट्रेलर आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको छ । फागुनको २५ गते महाशिवरात्रिको दिनबाट यो फिल्म रिलिजमा आउँदैछ । सार्वजनिक ट्रेलरमा डर र शक्तिको खेला देखाइएको छ ।

चलचित्रका प्रमुख कलाकार सबै अटेको ट्रेलरले तराई क्षेत्रमा घटेका विविध घटनाहरू र आयामहरूलाई दृश्य मार्फत देखाउने कोसिस गरेको छ । कार्यक्रममा फिल्मका लेखक तथा निर्देशक अर्जुन सुवेदी ‘रङ्गेली’ दर्शकले चाहेका जस्तो चलचित्र बनाउने कोसिस गरेका बताए ।

अभिनेता रुपेश झाले ‘रङ्गेली’ ले तराईको कथा मात्र नभनी त्यहाँको संस्कृति पनि झल्काउने बताए । अभिनेता प्रवीण खतिवडाले चलचित्र बनाउनु र रिलिज गर्नु सहज नभएको बताउँदै दर्शकको साथको अपेक्षा गरेको जनाए ।

फिल्ममा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको अभिनय छ । चलचित्रका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन एकतारेको शब्द तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत छ ।

चलचित्रका कार्यकारी निर्माता जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह–निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् । चलचित्रका छायाकार सुशन प्रजापति हुन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार १६:४४   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।