घ्यूलाई निकै लाभदायक हुन्छ। घ्यू नेपाली भान्साको निकै लोकप्रिय आहार पनि हो। यसलाई धेरै मानिसहरूले आफ्नो दैनिक खानामा समावेश गर्दछन्। घ्यूलाई रोटी, तरकारी दालमा लगाउनुका साथै सिधै खानाका साथ पनि खाइन्छ ।
घ्यूले मुटुलाई धेरै तरिकाबाट फाइदा पुर्याउने सक्छ। खाली पेटमा घ्यू खानुका धेरै फाइदाहरू छन्। घ्यूले पाचन प्रक्रियालाई सफा गर्छ र कब्जियत हुनबाट बचाउँछ।
घ्यूमा एन्टी एजिङ र मुटुलाई स्वस्थ राख्ने गुण हुन्छ। यसले आँखाको स्वास्थ्यलाई राम्रो बनाउँछ। यसका अलावा घ्यू मस्तिष्क, स्मरणशक्ति र पाचन शक्ति बढाउनुका साथै छालाका लागि पनि लाभदायक हुन्छ।
घ्यू गाई, भैसी, चौरीको दूघबाट तयार पारिन्छ। यो चिसोमा ठोस अवस्थामा हुन्छ। तताउँदा तरल अवस्थामा हुन्छ। घ्यू घरमै पनि नौनी, दूधको तर निकालेर जम्मा गरेर बनाउन सकिन्छ।
घ्यूलाई आयुर्वेदिक औषधिको रूपमा पनि प्रयोग गरिन्छ। नेपाली खानामा होस वा सुत्केरी बेला हरेक उमेरमा घ्यूको सेवन परापूर्व कालदेखि हुँदै आएको छ। भातसँग घ्यू खानाले भातमा भएको काब्रोहाइड्रेटलाई सजिलै ग्लुकोजमा परिणत हुन दिँदैन। जसले रगतमा अचानक चिनीको मात्रा बढ्नबाट रोक्ने काम गर्छ। यसले शरीरमा चिनीको मात्रा नियन्त्रण त हुन्छ नै, लामो समयसम्म शरीरमा शक्ति प्रदान गर्ने काम पनि गर्छ। महिनावारीको समयमा घ्यू खाँदा खानाको रुची बढाउनुका साथै स्वाद मिठो बनाउँछ।
घ्यूमा विभिन्न पोषक तत्व जस्तै भिटामिन ए, डि, ई तथा केको पाइन्छ। घ्यूको नियमित सेवनले मुटु स्वस्थ राख्न, आँखा, छाला, रोगप्रतिरोधात्मक क्षमता बढाउने, कपाल, ओमेगा-३ फ्याटि एसिड, इनर्जिको स्रोत तथा रगतमा ग्लुकोजको मात्रा नियमित गर्नसमेत महत्वपूर्ण भुमिका खेल्छ।
स्वस्थ व्यक्ति तथा बालबालिकालाई दैनिक २ देखि ३ सानो चम्चा घ्यूको सेवन गर्न दिन सकिन्छ। घ्यूबाट प्राकृतिक रूपमा उमेगा ३ र उमेगा ९ फ्याटी एसिड नामक पोषकतत्व पाइन्छ। यी पोषक तत्वले रत्तनलीमा जमेको कोलेस्ट्रोल हटाउन मदत्त गर्छ। माछा-मासु नखानेहरूका लागि घ्यू एकदमै उपयोगी हुन्छ। घ्यूमा ओखर, माछा, अल्मोण्ड, आलसबाट पाइने पोषणतत्व पाइन्छ।
के छन् घ्यूका फाइँदा
घ्यूको सेवनले रातिको निन्द्रा लाग्नमा सहयोग गर्दछ। कम तौल भएको बालबालिका वा व्यक्तिको लागि, सुत्केरी महिलाको लागि राम्रो मानिन्छ।
खाना अगाडि एक चम्चा-५ मिलि ग्राम घ्युको सेवनले क्यान्सर, तथा अल्सर केही हदसम्म ठिक हुन्छ। यसमा एन्टि इन्फलामेटरी र एन्टी क्यान्सरको ब्युटरिक एसिड पाइनाले संक्रमण हुनबाट जोगाउँछ।
घ्यूमा भएको सर्ट चेन फ्याट्टी एसिड सिधै कलेजोमा गएर शक्तिमा परिणत हुनेगर्छ। यसका साथै घ्यूले भिटामिन ए, भिटामिन डी, भिटामिन ई र भिटामिन केलाई पनि शरीरमा राम्रोसँग सञ्चित गर्ने काम गर्छ। जसले गर्दा शरीरलाई शक्ति प्रदान गर्छ। हाम्रो छालालाई स्वस्थ राख्नको लागि चिल्लो पनाको आवश्यकता हुन्छ। जुन घ्यूबाट प्राप्त गर्न सकिन्छ। घ्यूले छालामा मोइस्चराइजेसनको काम पनि गर्दछ।
घ्यूमा ९९.९ प्रतिशत फ्याटको मात्रा पाइन्छ। घ्यूमा हुने ओमेगा ३ फ्याट र ओमेगा ६ फ्याटले तौल घटाउन पनि मद्दत गर्छ। यसमा ल्याकटोज फ्री भएको हुनाले कुनै एलर्जी हुँदैन। महिलाको हर्मोनलाई सन्तुलन बनाउन सहयोग गर्दछ।
कुनै पनी खानेकुरा बढी सेवन गर्नाले स्वस्थ्यमा नराम्रो असर त देखापर्छ नै, ग्यास्टिक हुने ब्यक्ति तथा अपच भइराख्ने लाई सेवन गर्नु उपयुक्त हुँदैन। बढी मात्रामा खाँदा वाकवाकी हुने, बान्ता हुने हुनसक्छ। त्यसैले आफ्नो शरीरलाई ख्याल गर्ने गरी अरु खानेकुरा जस्तै घ्यू पनि ठिक्क मात्रामा खानु उपुक्क्त हुन्छ।
(पोषणविद् मिरा शाहसँग अनलाइनपानाका लागि भूमिका के. विष्टले गरेको कुराकानीमा आधारित।)




















प्रतिक्रिया