Logo

मनोरञ्जन

कविता : सोच जीन्दगीको



जीन्दगी छ, सुखी छ
सुखी छ र त आनन्द छ
यहाँ खुसी नहुने धेरै देखेको छु मैले
टन्न पैसा भएर अभावमा बाचिरहेका जीवन
घर भएर डेरामा बाचिरहेका मन
यिनले बुझ्न सकेनन् अनमोल रत्न जीन्दगीको

जीन्दगीमा सकरात्मक सोचछ
सकरात्मक सोच भएरै त सतमार्गमा छु
यहाँ बाटो नै किन्न सक्ने धेरै देखेको छु मैले
उनीहरू नै बाटो बिराएर हिँडिरहेका हुन्छन्
धरातल भूल्द‌ै माटो बिराएर हिँडिरहेका हुन्छन्
यिनले बुझ्न सकेनन् अमनोल रत्न जीन्दगीको

सपना बासको टुप्पोमा लहरिन सक्दैनन्
करकलाको पातमा अडिन सक्दैनन्
सपनलाई अडिन बलियो जग चाहिन्छ
बलियो जग गाड्न सक्नेहरू
कमजोर धरातरमा अडेको देखेको छु मैले
यिनले बुझ्न सकेनन् अनमोल रत्न जीन्दगीको

चुहिँदै गरेका पसिनालाई अनमोल मोती सम्झिनु छ
थकानका होइन, सफलताका सुस्केरा सुसेल्नु छ
बग्दै गरेको नदीको चाल नाप्नु छ
अखवारका पानामा आफ्नै सफलता छाप्नु छ
जीवनलाई नबुझ्नेहरू गती र मतीहिन बनेका छन्
यिनले बुझ्न सकेनन् अनमोल रत्न जीन्दगीको

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार १४:१३   :  बजे

570
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।