काठमाडौं । अभिनेत्री रेखा थापालाई पुत्री लाभ भएको छ । उनले शुक्रबार सामाजिक सन्जाल फेसबुकमार्फत पुत्री लाभ भएको जानकारी दिएकी हुन् ।
उनले छोरीको नाम वैभबी राज्यलक्ष्मी शाही ठकुरी राख्ने समेत खुलाएकी छन् । तस्वीर सार्वजनिक गर्दै उनले लेखेकी छन्, ’हेर आकाशमा कालो बादल वरिपरी चाँदीको घेरा छ, हेर धर्तीमा तिमी जन्मनको महान कारण छ ।’
रेखा गत मंसिरले सन्तालाई अमेरिकामा जन्म दिने योजनाअनुसार त्यसतर्फ प्रस्थान गरेकी थिइन् । यस विषयमा उनको आलोचनासमेत भएको थियो ।





















प्रतिक्रिया