Logo

शिक्षा

किड्स जोनको प्रेरक वार्षिकोत्सव : सबैको शीरमा ढाका टोपी, प्रयोग गरिएन खादा



अत्तरिया- कैलालीको अत्तरियामा रहेको किड्स जोन एकेडेमीले नवीनताका साथ विद्यालयको ८औं वार्षिकोत्सव मनाएको छ। प्रविधिमैत्री शिक्षाका साथै संस्कारसहितको शिक्षा प्रदान गर्दै आएको एकेडेमीले खादाको प्रयोग नगरी ढाका टोपीको प्रयोग गरेर विद्यालयको वार्षिकोत्सव मनाएको हो।

प्रत्येक वर्ष विद्यालयमा अध्ययनरत बालबालिकाहरूबाट कार्यक्रम सञ्चालन गरेको एकेडेमीले वार्षिकोत्सवलाई मौलिक बनाउँदै लगेको छ। यसपटकको कार्यक्रममा पनि बालबालिकाहरूले निर्धक्क भएर कार्यक्रम सञ्चालन गरेका थिए।

आफ्ना अगाडि बालबालिकाले निर्धक्क कार्यक्रम सञ्चालन गरेको देख्दा अभिभावकहरू हर्षित देखिएका थिए। ३ देखि कक्षा ७ सम्म पढ्ने ६ जना बालबालिकाले वार्षिक उत्सवमा उद्घोषकको भूमिका निर्वाह गरेका थिए।

८ वर्षकी स्मृति जोशी र १० वर्षका प्रज्वल भट्टले सुरुवाती चरणमा कार्यक्रम सञ्चालन गरेका थिए। कार्यक्रमको उद्घाटनदेखि समापनसम्म कार्यक्रम सञ्चालनको जिम्मा बालबालिकालाई नै दिइएको थियो। त्यसपश्चात १३ वर्षीया सम्बृद्धि भट्ट, सोही उमेरका रोशन बोहरा, १० वर्षीय तनिश पाठक र ११ वर्षीया सम्भवी भट्टले पालैपालो कार्यक्रम सञ्चालन गरेका थिए। कार्यक्रममा सहभागी अतिथि तथा अभिभावकहरू पनि बालबालिकाको प्रतिभा देखेर हर्षित भएका थिए।

८ वर्षिया स्मृति जोशीकी आमा हिरा जोशीले छोरीको प्रतिभा देखेर आफू अचम्मीत भएको बताइन्। उनले आफूले अपेक्षा गरेभन्दा फरक तरिकाले स्मृतिले कार्यक्रम सञ्चालन गरेको उनले बताइन्।

विद्यार्थीहरूले कार्यक्रममा विभिन्न प्रस्तुतीसमेत राखेका थिए। कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कृत गरिएको थियो।

विद्यालयका प्रिन्सिपक मदन जोशीको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. डम्बर बहादुर पाल रहेका थिए।

पिजिदेखि ८ कक्षासम्म सञ्चालनमा रहेको उक्त विद्यालयमा हाल ५३६ जना विद्यार्थी अध्ययनर छन्।

प्रकाशित मिति : १२ फाल्गुन २०८०, शनिबार २०:०५   :  बजे

534
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।