काठमाडौं- स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले सेभियालाई पराजित गरेको छ।
गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले सेभियालाई १-० गोल अन्तरले पराजित गरेको हो।
रियल म्याड्रिडको जितमा खेलको ८१औं मिनेटमा लुका मोड्रीचले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो।
यो जितपछि रियल म्याड्रिडले महत्वपूर्ण ३ अंक हासिल गर्दै लिगमा आफ्नो अग्रता कायम राखेको छ।
रियल म्याड्रिडको २६ खेलमा ६५ अंक रहेको छ र लिगमा शिर्ष स्थानमा कायम रहेको छ। त्यसैगरी सेभियाको भने २६ खेलमा २४ अंक रहेको छ र लिगमा १५औं स्थानमा झरेको छ।




















प्रतिक्रिया