Logo

खेलकुद

टालिस्काको निर्णायक गोलमा अल नासर विजयी



काठमाडौं- साउदी प्रो लिग अन्तर्गत अल नासरले अल शबाबलाई पराजित गरेको छ। गएराती सम्पन्न खेलमा अल नासरले अल शबाबलाई ३-२ गोल अन्तरले पराजित गरेका हुन्।

अल नासरको जितमा खेलको ८६औँ मिनेटमा टालिस्काले निर्णायक गोल गरेका थिए। यस खेलमा उनले यसअघि ४६औं मिनेटमा पनि गोल गरेका थिए। त्यस्तै क्रिस्टियानो रोनाल्डोले यस खेलको २१औं मिनेटमा अल नासरले पाएको पेनाल्टीलाई गोलमा परिणत गरेका थिए।

त्यसैगरी अल शबाबका लागि यानिक कारास्को र कार्लोसले एक एक गोल गरेका थिए।

यस खेलको अतिरिक्त समयको १०२ मिनेटमा अल शबाबका अब्दुल्लाह राडीफले रातो कार्ड पाएका थिए।

यो जितपछि अल नासरले महत्वपूर्ण ३ अंक हासिल गर्दै शिर्ष स्थानमा रहेको अल हिलालसँगको दूरी कम गरेको छ।

अल नासरको २१ खेलमा ५२ अंक रहेको छ र लिगमा दोस्रो स्थानमा छ। त्यसैगरी एक खेल कम खेलेको अल हिलालको भने २० खेलमा ५६ अंक रहेको छ। त्यसैगरी अल शबाबको २१ खेलमा २४ अंक रहेको छ र लिगमा ११औं स्थानमा छ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार ०८:३०   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।