Logo

मनोरञ्जन

उमेश राउत र अस्मिता अधिकारीको ‘हेरेर मुहार तिम्रो’ सार्वजनिक (भिडियो)



काठमाडौं । उमेश राउत र अस्मिता अधिकारीको आवाजमा ‘हेरेर मुहार तिम्रो’ सार्वजनिक भएको छ । उज्ज्वल हृदयको शब्द र उमेश राउतको सङ्गीत रहेको गीत आइतबार सार्वजनिक भएको हो ।

प्रेमभावले भरिएको फिल्मी शैलीको गीतको भिडियोमा उषा उप्रेती र रमेश जटाललाई देख्न सकिन्छ । चित्लाङ, भेडाचौर र कुलेखानी ड्यामको सुन्दर दृश्यहरूले भिडियो अझ सुन्दर बनेको छ । भिडियोलाई जिबी आग्रीले निर्देशन गरेका हुन् भने प्रकाश खड्काले खिचेका हुन् ।

‘माया, प्रेम, बाचा अनि सुन्दर जीवनको कामना नै गीतको सार हो’, गायक उमेश राउतले भने, ‘प्रेम प्राप्तिपछिको मीठो परिकल्पनालाई हरसम्भव रूपमा सुन्दर बनाउने हाम्रो प्रयास रहेको छ ।’

ओएसआर डिजिटलबाट सार्वजनिक गीतको सङ्गीत संयोजन, मिक्सिङ र मास्टरिङ पुरुषोत्तम सुवेदीले गरेका हुन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार १२:५५   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।