Logo

प्रमुख समाचार

मधुमेहका बिरामी उच्च मुटु रोगको जोखिममा, स्वस्थ रहन अपनाउनुहोस् पाँच उपाय



लामो समयदेखि मधुमेह रोगको जोखिम भएमा सबैभन्दा बढी कुन रोगको जोखिम हुन्छ भन्ने विषयमा जानकार हुनुपर्छ। अध्ययनले मधुमेहका बिरामीलाई उच्च मुटुको जोखिममा हुने देखाएको छ। मधुमेहका बिरामीलाई मुटु रोगको जोखिम झण्डै चार गुणा बढी हुन्छ। मधुमेहका बिरामीलाई हृदयाघातका कारण मृत्यु हुने जोखिम सबैभन्दा बढी हुन्छ। मधुमेहको बिरामीको उपचारको केन्द्रविन्दु हार्टअट्याक प्रिभेन्सन हुनुपर्‍यो।

मधुमेहका बिरामीले हार्टअट्याक नहुने के-के सतरकता अपनाउन सकिन्छ भन्ने कुरामा जानकार हुनुपर्छ। र, ति विधि अपनाउनुपर्छ। मधुमेहका बिरामीले हार्टअट्याकको जोखिमबाट जोगिन महत्त्वपूर्ण पाँच विषयमा ध्यान दिनुपर्छ। पहिलो भनेको चुरोटको सेवन गर्नु हुँदैन। मधुमेहका बिरामीलाई चुरोट खाने आदत भएमा र कहिलेकाहीँ एक/दुई वटा चुरोटमात्रै सेवन गरिन्छ भने पनि त्यो बानीलाई हटाउनुपर्छ। मधुमेहका बिरामीलाई चुरोट सेवन गर्दा हार्टअट्याकको उच्च जोखिम हुन्छ। यो अध्ययन र अनुभव दुवैको समिश्रणले भनेको हुँ।

अर्को भनेको कोलेस्ट्रोलको औषधि सेवन गर्ने मधुमेहका बिरामीले पनि उच्च सतर्कता अपनाउनु पर्छ। मधुमेहका अधिकांश बिरामीलाई कोलेस्ट्रोलको औषधि चाहिन्छ। कोलेस्ट्रोल नियन्त्रणमा हुनैपर्छ। कहिलेकाहीँ कोलेस्ट्रोल नर्मल भए पनि औषधि खानुपर्छ। त्यसैले कोलेस्ट्रोलको औषधि खानुपर्ने अवस्था छ वा छैन डाक्टरसँग परामर्श गरेर औषधि सेवन गर्नुपर्छ। अध्ययनले पनि मधुमेहका बिरामीलाई कोलेस्ट्रोलको औषधि नदिँदा धेरैको ज्यान गएको देखाएको छ।

तेस्रो भनेको ब्लड प्रेसर पनि नियन्त्रणमा राख्नुपर्छ। मधुमेहका बिरामीले सामान्य मानिसको जस्तो ब्लड प्रेसर राख्नु हुँदैन। अलि कम राख्नुपर्छ। अरु बिरामीलाई १४०/९० मा औषधि दिँदा मधुमेहका बिरामीलाई थोरैमा पनि औषधि चलाउन सकिन्छ। मधुमेहका बिरामीमा ब्लड प्रेसरको नियन्त्रण जोखिमपूर्ण पनि हुन्छ। एउटा औषधि एक, दुई औषधिले राम्रो नियन्त्रण नभएर तीन/चार औषधि चलाउनुपर्ने हुन सक्छ।

चौथो भनेको सुगर नियन्त्रण हो। सुगर नियन्त्रणमा महत्त्वपूर्ण कुरा भनेको सुरुका केही वर्ष बिरामीमा लक्षण नहुँदा सुरुका केही वर्ष औषधि नखाउ भन्ने हुन्छ। केही समय औषधिको प्रयोग नगरेर बिताउँदा एचबी वानसी ७,८,९ भइराख्छ। लक्षण हुँदैन। व्यवास्था गर्छन्। अर्ली डाइग्नोसिस र त्यसको सुगरको दीर्घकालीन नियन्त्रण भएमा मुटु रोगको जोखिम निकै कम हुन्छ। किन भने यसले अरु भ्याक्टरहरूलाई डिसाइड गर्छ। सुगरसँग सिँधा हार्टअट्याकको सम्बन्ध कम हुन्छ। तर, इनडाइरेक्ट्ली यसले मुटुका लागि घातक भूमिका खेलिरहेको हुन्छ।

पाँचौं कुरा भनेको जीवनशैलीको सन्तुलन नै हो। तपाईं जीवनशैलीमा कति सक्रिय हुनुहुन्छ, कति व्यायम गर्नुहुन्छ?, तौल कस्तो छ?, खानपिन कस्तो छ? भन्ने कुराले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ। तपाईं स्वास्थ्यप्रति कत्तिको सावधानी अपनाउनुहुन्छ भन्ने कुरा महत्त्वपूर्ण हो। एक नम्बरमा शारीरिक व्यायाम हो। हामीले नियमित एक घण्टाभन्दा बढी शारीरिक व्यायम गर्नुपर्छ। यसले स्वस्थ राख्न ठूलो भूमिका खेल्छ। यी पाँच कुरामा हामीले ध्यान दिँदा मधुमेह र मुटुरोगबाट जोगिन सकिन्छ।

प्रकाशित मिति : फाल्गुन १५, २०८० मंगलबार  ७ : ४३ बजे

84
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।