Logo

खेलकुद

क्यानले गर्‍यो खेलाडीको नयाँ वर्गीकरण, ग्रेड अनुसार एक लाखसम्म तलब



काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले खेलाडीको नयाँ वर्गीकरण सार्वजनिक गरेको छ। नयाँ वर्गीकरण अनुसार शीर्ष ग्रेडका खेलाडीलाई मासिक एक लाख रुपैयाँ दिने क्यानले निर्णय पनि गरेको छ।

क्यानको सोमबार बसेको बैठकले पुरुष र महिला खेलाडीहरूको वर्गीकरण गर्नुका साथै उनीहरूको मासिक तलब तोकेको हो। ग्रेड ‘ए’मा कप्तान रोहितकुमार पौडेलसँगै सोमपाल कामी, करण केसी, दीपेन्द्र सिंह ऐरी, आसिफ शेख र कुशल भुर्तेल छन्।

ग्रेड ‘बी’मा कुशल मल्ल, गुल्सन झा, भीम सार्की, ललितनारायण राजवंशी, आरिफ शेख र अविनाश बोहरा छन्। उनीहरूले मासिक ७० हजार पाउने छन्।

ग्रेड ‘सी’ मा विनोद भण्डारी, अर्जुन साउद, सन्दीप जोरा र प्रतिश जीसी परेका छन्। उनीहरूलाई मासिक ५५ हजार प्रदान गरिनेछ। यस्तै पवन सरार्फ, सागर ढकाल, अनिल साह, विवेककुमार यादव, आकाश चन्द, बसिर अहमद र सूर्य तामाङ ग्रेड ‘डी’ मा परेका छन्। ग्रेड ‘डी’ लाई मासिक ३५ हजार दिइनेछ।

नेपाल क्रिकेट संघले इमर्जिङ क्याटगोरी पनि बनाएको छ, जसमा दीपेश कँडेल (कोशी), रुपेश सिंह (मधेश), रिजन ढकाल (बागमती), विपिन खत्री (गण्डकी), देव खनाल (लुम्बनी), अर्जुन घर्ती (कर्णाली) र हेमन्त धामी (सुदूरपश्चिम) छन्। इमिर्जिङ क्याटगोरीका खेलाडीहरूलाई मासिक २५ हजार तलब दिइने जनाइएको छ।

 

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलवार ०८:०५   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।