Logo

खेलकुद

नामिबियाका कप्तान एरास्मसले नेपालविरुद्ध पहिलो खेल नखेल्ने



काठमाडौं । त्रिकोणात्मक टि२० सिरिज अन्तर्गत नेपालविरुद्ध पहिलो खेलमा नामिबियाका जेरार्ड एरास्मस नखेल्ने भएका छन् ।

एरास्मस अनुपस्थित हुँदा नामिबियाका कप्तान जेजे स्मिटले टस जितेर पहिलो ब्याटिङ रोजेका छन् । नेपालले पहिलो फिल्ड गर्ने भएको छ ।

नेपालले आज आफ्नो प्लेइङ ११ मा प्रमुख स्पिनर खेलाएको छैन । प्रमुख स्पिनरको रुपमा ललित राजवंशी खेल्दै आएका थिए । तर ललित आज बेञ्चमा छन् । नेपालको टोलीमा ओडीआई टोलीमा नरहेका अभिनाश बोहोरा, सन्दीप जोरा र विवेक यादव प्लेइङ-११ मा छन् ।

नेपालको प्लेइङ ११

कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, कुशल मल्ल, अभिनाश बोहरा, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, विवेक यादव, गुलशन झा र दीपेन्द्रसिंह ऐरी ।

नामिबियाको प्लेइङ ११

जेन ग्री, माइकल भान लिंगेन, जान निकोल लोफ्टी, निकोलस फ्रेलिंक, रुबेन ट्रम्पलम्यान, जेजे स्मिथ(कप्तान), टांगेनी लुंगामेनी, बेर्नार्ड स्ल्कोट्ज, जेपी कोट्जी, मलान क्रुगर र पिटर ।

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलवार ११:४२   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।