Logo

खेलकुद

नामिबियाविरुद्ध नेपाललाई तेस्रो सफलता



काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिजको पहिलो खेलमा नामिवियाविरुद्ध नेपालले तेस्रो विकेट लिएको छ ।

कप्तान रोहितकुमार पौडेलले दोस्रो विकेट लिने क्रममा जान फ्रिलिंकलाई विकेट किपर आसिफ शेखको हातबाट क्याच गराए ।

१०.४ ओभरमा आउट हुनुअघि फ्रिलिंकले ७ बलमा मात्र ५ रन बनाए । उनी आउट हुँदा नामिबिया ६२ रनको स्थितिमा छ ।

यसअघि उनले ८.२ ओभरमा जेपी कोट्जेलाई विवेक यादवको हातबाट क्याच आउट गराएका थिए । यसअघि करण केसीले माइकल भान लिंगेनलाई २० रनमा आउट गरेका थिए ।

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलवार १२:२५   :  बजे

72
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।