काठमाडौं । टी–२० त्रिकोणात्मक क्रिकेट सिरिजमा नेदरल्याण्ड्सविरुद्ध नेपालले पहिले बलिङ गर्ने भएको छ ।
त्रिवि क्रिकेट मैदानमा भएको टसमा नेपालका कप्तान रोहित पौडेलले जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।
नेपालले दुई परिवर्तन गरेको छ । ललित राजवंशी र प्रजिश जिसी आज नेपालको प्लेइङ ११ मा छन् । अभिनाश बोहरा र विवेक यादव बेन्चमा छन् ।
नेपालको प्लेइङ ११ :
कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, कुशल मल्ल, प्रतिश जिसी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, गुलशन झा र दीपेन्द्रसिंह ऐरी ।
प्रतिक्रिया