Logo

मनोरञ्जन

अन्जु पन्त र प्रताप दासको नयाँ गीत ‘बादल भित्रमा’ सार्वजनिक (भिडियो)



काठमाडौं । लोकप्रिय गायिका अन्जु पन्त र गायक प्रताप दास स्वरवद्ध नयाँ गीति भिडियो ‘बादल भित्र’ सार्वजनिक भएको छ । सोमबार युट्यूवमार्फत वर्ल्ड प्रिमियर गरिएको गीतले रोमान्टिक प्रेमको कथा बोल्छ ।

बिष्णु भण्डारीको शब्द रचना रहेको गीतमा पछिल्लो पुस्ताका लोकप्रिय संगीतकार अर्जुन पोखरेलले संगीत भरेका छन् । एरेञ्जको काम कुशल सिंहको छ भने मिक्सिङ तथा मास्टरिङ नरेश विविसीले गरेका छन् । मोडलद्वय दिनेश बिष्ट हीर शाहीको जीवन्त अभिनय भिडियोमा देख्न सकिन्छ ।

विक्रम चौहानले निर्देशन गरेको भिडियोमा पोखरा ढोर पाटन बाग्लुङ लगायत आसपासका रमणीय दृश्यलाई सुन्दर तरिकाले कैद गरिएको छ ।

यसअघि ‘मायाको खेलाइमा, हाँसाहाँसी, राजरानी’ जस्ता लोकप्रिय गीतहरूमा अभिनय गर्दै दर्शकहरूको मन जितेका मोडल बिष्ट एक पछि अर्को गीतमा पनि फिट देखिएका छन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहीबार १०:५३   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।