काठमाडौं । टी-२० त्रिकोणात्मक सिरिजको नामिबियाविरुद्धको खेलमा नेपालले टस हारेको छ ।
कीर्तिपुर मैदानमा नामिबियाले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएपछि नेपालले ब्याटिङको निम्तो पाएको हो ।
नेपालले आजको खेलमा तीन परिवर्तन गरेको छ । आरिफ शेख, अभिनाश बोहरा र अनिल शाह आज टोलीमा छन् । ललित राजवंशी, कुशल भुर्तेल र सन्दीप जोरा बाहिर छन् ।
सिरिजको पहिलो खेलमा नेपालले नामिबियासँग र दोस्रो खेलमा नेदरल्याण्ड्ससँग हार ब्यहोरेको थियो ।
नेपालको प्लेइङ ११
अनिल शाह, आसिफ शेख, रोहित पौडेल(कप्तान), कुशल मल्ल, प्रतिश जिसी, आरिफ शेख, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, गुलशन झा र दीपेन्द्रसिंह ऐरी ।




















प्रतिक्रिया