काठमाडौं । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको शुक्रबार जारी नामिबियाविरुद्धको खेलमा कुशल मल्लले अर्धशतक बनाएका छन् ।
कुशल मल्लले ३० बलमा ४ छक्का र १ चौकाको मद्दतले अर्धशतक बनाएका हुन् । मल्लले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो चौथो अर्धशतक हो ।
नेपालले १७.५ ओभरमा ५ विकेट गुमाएर एक सय ६५ रन बनाएको छ ।
प्रतिक्रिया