Logo

खेलकुद

नेपाल र बहराइनको खेल दशरथ रंगशालामा नहुने



काठमाडौं । फिफा विश्वकप २०२६ छनोटअन्तर्गत बहराइनसँग ८ चैतमा हुने खेल दशरथ रंगशालामा नहुने भएको छ । पूर्व निर्धारित तालिका अनुसार चैत ८ गते दशरथ रंगशाला र चैत १३ गते बहराइनमा नेपाल र बहराइनको राष्ट्रिय पुरुष फुटबल टोलीबीच खेल हुनुपर्ने थियो ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार दरशरथ रंगशालामा तय खेल नहुने भएको जनाएकाे छ । एन्फाले नयाँ मिति केही समयपछि हुने बताएको छ । एन्फाले मलेसिया र भारतमा गर्ने गृहकार्य गरेको छ ।

दशरथ रंगशालाको दुबो र माटो कमजोर भएपछि बहराइनले एसियाली फुटबल महासंघ (एएफसी)मा उजुरी गरेको थियो । त्यसपछि आएका एएफसीका प्रतिनिधिले निरीक्षण गर्दै खेल दशरथ रंगशाला गर्न नसकिने रिपोर्ट गरेका थिए ।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार १७:३५   :  बजे

354
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।