काठमाडौं । त्रिकोणात्मक टि-२० सिरिजको फाइनलमा नेपाल र नेदरल्यान्ड्स खेल्ने भएको छ ।
नामिबिया र नेदरल्यान्ड्सबीच जारी लिग चरणको अन्तिम खेल वर्षाका कारण पूरा हुन नसक्दा अंक बाँडिएको हो । अंक तालिकामा नेदरल्यान्ड्स ४ खेलमा ५ अंक जोड्दै शीर्ष स्थानमा रहँदा नेपाल ४ खेलमा ४ अंक जोड्दै फाइनल पुग्यो । नामिबियाले ४ खेलमा ३ अंक प्राप्त गर्यो ।
त्रिवि क्रिकेट मैदानमा आइतबार नेदरल्याण्ड्सविरुद्ध टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबिया १५ ओभरमा ९८–४ को अवस्थामा वर्षाको कारण खेल रोकिएको थियो ।
नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड्स र नामिवियाका कप्तान जेजे स्मिथलाई बोलाएर म्याच खेल नहुने जनाएका हुन् । खेल नहुने भएपछि दुबै टोलीका खेलाडीले ड्रेसिङ रुममा हात मिलाएका छन् ।
नेपाल पहिलो खेलमा नामिबियासँग २० रन र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले हारेको थियो । तर आफ्नो तेस्रो खेलमा नेपालले नामिबियालाई ३ रन र नेदरल्यान्ड्सलाई ६ विकेटले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो ।
नेपाल र नेदरल्यान्ड्सको फाइनल खेल मंगलबार हुनेछ ।
प्रतिक्रिया