Logo

शिक्षा

नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक बने टीकानाथ अधिकारी



काठमाडौं । टीकानाथ अधिकारी नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक बनेका छन् । उपप्राध्यापकमध्ये सबैभन्दा सानो उमेरमै अधिकारी नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक हुन् ।

नेपाल संस्कृत विश्वविद्यालयको सेवा आयोगले विभिन्न विषयका निम्ति उपप्राध्यापक एवं कर्मचारीका विभिन्न पदको विज्ञापन निकालेको थियो । सोही विज्ञापनअनुसार लिखित एवं मौखिक परीक्षा सम्पन्न भई विभिन्न विषयमा करिब ५० जनाले उपप्राध्यापकमा नाम निकालेका छन् ।

१९ जनाले वरिष्ठ प्रशिक्षक आदि विभिन्न पदहरूमा नाम निकालेका छन् । ५० जना उपप्राध्यापकमध्ये ९ जना उपप्राध्यापक महेश संस्कृत गुरुकुलका विद्यार्थीहरू रहेका छन् ।

ती मध्ये पनि सबैभन्दा साना उपप्राध्यापक हुन् –टीकानाथ अधिकारी । उनी नव्यव्याकरण विषयमा स्वर्णपदक विजेता हुन् । आचार्य सकिए लगत्तै नेपाल संस्कृत विश्वविद्यालयको उपप्राध्यापकको खुल्लातर्फ आवेदन भरेर लिखित र मौखिक दुवै परीक्षा पास गरि सबैभन्दा सानो उमेरमा उनी उपप्राध्यापक बने ।

नव्यव्याकरण विषयमा कुमार खतिवडा, टीकानाथ अधिकारी, नवराज घिमिरे र नारायण जोशी सिफारिस भएका छन् भने साहित्य विषयमा शिवराज लामिछाने र चिरञ्जीवी खतिवडा, इतिहास पुराण विषयमा नवराज लामिछाने शुक्लयजुर्वेद विषयमा मनोज घिमिरे र नेपाली विषयमा नारायण (सुदेश) सत्याल सिफारिस भएका छन् ।

एउटै विद्यालयबाट ५ नजा एकैसाथ उप–प्राध्यापक हुन सफल भएको यो पहिलो पटक हो ।

प्रकाशित मिति : फाल्गुन २०, २०८० आईतबार  ५ : १६ बजे

441
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।