काठमाडौं । देशभरबाट काठमाडौं जम्मा भएका मिटरब्याज पीडितहरू अहिले भृकुटीमण्डपमा कष्टकर जीवन बिताइरहेका छन् । विभिन्न मागसहित न्यायको लागि सुदूर पूर्व र सुदूरपश्चिमबाट काठमाडौं आएका उनीहरूको न खाने ठेगान छ, न उचित बास नै । कठ्याङ्ग्रिने चिसोमा त्रिपाल मुनि दिनरात कटाइरहेका छन् ।
पीडितहरू न्याय मार्चको तेस्रो चरणको कार्यक्रम लिएर काठमाडौँ आएका हुन् । मिटर ब्याज पीडितहरूले १६ माघमा पूर्व मेची र पश्चिम महाकालीबाट एकै पटक न्याय मार्च सुरु गरेका थिए ।
पूर्वबाट हिँडेको टोली ६ सय किलोमिटर र पश्चिमको टोली २३ दिन लगाएर ७ सय किलोमिटर हिँड्दै काठमाडौँ आइपुगेका थिए । हाल ६ सय भन्दाबढि पीडितहरु बसिरहेको, केहि बिरामी परेकाले घर फर्केको र अब थप पीडितहरु काठमाडौँ आउने क्रममा रहेको पीडित अगुवाहरु बताउँछन् ।

































प्रतिक्रिया