Logo

साहित्य

आमाको महिमा



मेरी आमा
तिमि माया कि खानी
तिमि दया कि खानी
तिमि सुन्दरता कि धनी
तिमि सुन्दर बिहानी
आमा
तिम्रो प्रशंसा गर्ने शब्द मसँग कमै छन्
तिम्रो माया मा कल्पित कल्पना धरै छन्

हो,
तिमि देवी
तिमि देउता
तिमि नै हो मरो सर्वस्वकी धनी
तिमि नै हो मरो धड्कनको आरोहअवरोह
श्वासकी खानी

आमा
तिमि महान
तिमि सालिक
तिमि सर्वस्व
मेरी आमा
कति रोएकी थियौं है
कति आँसुका धारा बगाएकी थियौं है
कति पिडा लुकाएर हासेकी थियौ है!!

मेरी आमा
दुःखै दुःखमा जीवन व्यतीत गरी ठूलो मान्छे बनायौं
आँखा भरि आँसु मन, भरि वेदनासँगै पाइला बढायौँ
आमा
घाँस, दाउरा, पानी, पधेरा गर्दा छोराकै चिन्ता लिन्थौं
अधेरी रात होस् या सुन्दर बिहानी, छोराकै चिन्ता लिन्थौं
मेरी आमा
तिम्रो त्यो अटुट मायालाई विश्वमा चिनाउनु छ
तिम्रो त्यो वेदनालाई सुखको क्षण ल्याउनु छ

मेरी आमा
तिम्रा हरेक दुःखान्त पीडा बदल्नु छ
तिम्रा हरेक सपना बदल्नु छ
अब
तिम्रो हँसिलो मुहारमा सुन्दर मुस्का नल्याउनु छ
तिम्रा हरेक बाचा छोराहरूले अवश्य पुरा गर्ने छन्
अटुट माया मेरी आमा

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार १४:३४   :  बजे

93
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।