Logo

प्रमुख समाचार

जसपालाई मन्त्री टुंग्याउनै सकस, दुई मन्त्रालयमा पाँच आकांक्षी



काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसहित २ मन्त्रालय पाएको जनता समाजवादी पार्टी (जसपा)मा मन्त्रीको नाम टुंग्याउन सकस परेको छ। जम्मा दुई मन्त्रालयमा मन्त्रीका आकांक्षी धेरै भएपछि सहमति जुटाउन मुश्किल परेको हो।

उक्त पार्टीका नेता एवं सांसद प्रदीप यादवले आफूहरु अझै छलफलमै रहेको बताए। उनले भने, ‘हामी छलफलमै छौं । कसलाई पठाउने भन्ने टुंगो लागेको छैन।’

जसपाका अर्का एक नेताका अनुसार स्वास्थ्य मन्त्रालयमा अध्यक्ष आफैंले रुचि देखाएका छन्। तर, औपचारिक रुपमा आफैंले प्रस्ताव भने राखेका छैनन्।

यसपल्ट मन्त्रीका लागि राजकिशोर यादव, प्रदीप यादव, नवलकिशोर राई र दिपक कार्कीले तीव्र आकांक्षा देखाएका छन्। चारजना प्रत्यक्ष निर्वाचित सांसदले नै मन्त्रीको आकांक्षा राखेपछि अध्यक्ष यादव आफैंलाई अघि सर्न असहज देखिएको छ।

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहीबार ११:४३   :  बजे

132
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।