Logo

खेलकुद

नेपाललाई हङकङविरुद्ध दोस्रो सफलता, वर्षाका कारण फेरि रोकियो खेल



काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिज अन्तर्गत हङकङसँगको खेलमा नेपालले दोस्रो सफलता पाएको छ ।

नेपालविरुद्ध घरेलु मैदान मोङ कोकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले ७.२ ओभरमा ६१ रन बनाउँदा दोस्रो विकेट गुमाएको हो ।

गुल्शन झाले निजाकान्त खानलाई व्यक्तिगत २५ रनमा बोल्ड गरेका गरेका हुन् । ८ ओभरको खेल सकिँदा हङकङले २ विकेट गुमाएर ६५ रन बनाएको स्थितिमा फेरि पनि परेपछि अहिले खेल रोकिएको छ। यसअघ पनि वर्षाले केहीबेर खेल रोकिएको थियो ।

नेपालका लागि करण केसीले पहिलो बलमै विकेट लिएका थिए ।

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आईतवार १२:४९   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।