Logo

अर्थ

पूँजीबजारका समस्या र समाधानबारे कार्ययोजना पेस गर्न अर्थमन्त्रीको निर्देशन



काठमाडौं- अर्थमन्त्री वर्षमान पुनले पूँजीबजारका समस्या र समाधानबारे सुझाव पठाउन नियामक निकायलाई निर्देशन दिएका छन्।

आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से), धितोपत्र बोर्ड र सिडिएस एण्ड क्लियरिङ लिमिटेडको नाममा पत्र पठाउँदै अर्थमन्त्री पुनले पूँजीबजारको सुधारका लागि आवश्यक कार्ययोजना जेश गर्न निर्देशन दिएका हुन्। उनले सुझाव बुझाउन सात दिने समय दिएका छन्।

देशको अर्थतन्त्र विकासमा पहत्त्वपूर्ण भूमिका खेल्ने पूँजी बजारमा देखिएको समस्या समाधान एवम् त्यस क्षेत्रको विकास र विस्तारका लागि तत्काल गर्नुपर्ने कामहरूको सम्बन्धमा सरोकारवालाहरूको रायसमेत लिई सात दिनभित्र कार्ययोजना पेस गर्न पत्रमा उल्लेख गरिएको छ।

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार ११:३५   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।