काठमाडौं- त्रिदेशीय ट्वान्टी–२० शृंखलाको उपाधिका लागि आज नेपाल र पपुवा न्युगिनी (पीएनजी)बीच खेल हुने भएको छ। प्रतिस्पर्धा बिहान पौने १२ बजे सुरू हुनेछ।
यससघि पहिलो खेलमा नेपाल र हङकङबीचको खेल वर्षाका कारण बिनानतिजा टुंगिएको थियो। मंगलबार नै भएको खेलमा पीएनजीमाथि ८५ रनको जित निकाल्दै नेपालले फाइनल पक्का गरेको हो।
पीएनजीले मंगलबार भएको दोस्रो खेलमा घरेलु टीम हङकङलाई १० विकेटको पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो।
लिग चरणको खेल सकिँदा नेपालले तीन अंक र पीएनजीले दुई अंक जोड्दा हङकङले एक अंक जोड्यो थियो। अब हङकङले तेस्रो स्थानका लागि हङकङ ‘ए’ सँग खेल्नेछ।




















प्रतिक्रिया