काठमाडौं । हङकङमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उपाधि चुम्नबाट चुकेको छ । नेपाली टोली फाइनलमा बुधबार पपुवा न्यु गिनी (पीएनजी) सँग ८६ रनको फराकिलो अन्तरले पराजित भएको हो ।
पीएनजीले नेपाललाई जितका लागि १७२ रनको लक्ष्य दिएको थियो । टस हारी पहिले ब्याटिङको निम्तो पाएको पीएनजीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ७१ रन बनाएको थियो ।
पपुवा न्युगिनीको जितमा ओपनर टोनी उराले ३७ बलमा ५ चौका र ४ छक्कासहित सर्वाधिक ६१ रन बनाए ।
तल्लोक्रममा नेली नाओले १० बलमा ३ छक्का र १ चौकासहित महत्वपूर्ण ३० रन जोडेका थिए । सेसे बाउ शून्य, असाद भाला र लेगा सियाका २-२ रनमा आउट भएका थिए ।
हिरि हिरि १५, हिला भारे १८, चाद सोपर १३, किप्लिङ डोरिगा १४ रनमा आउट भए । नेपालका कुशल भुर्तेलले ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए ।
आकाश चन्दले ४ ओभरमा ४१ रन खर्चेर ३ विकेट लिए । करण केसी र गुलशन झाले १-१ विकेट लिए ।
नेपाल १६.३ ओभरमा ८५ रनमा अलआउट हुन पुग्यो । नेपालका लागि तीन जना ब्याट्सम्यानले मात्र दोहोरो अंकमा रन जोड्न सके । सन्दीप जोराले सर्वाधिक १७ रन बनाउँदा आरिफ शेखले १५ तथा रोहित पौडेलले १२ रन बनाए ।
प्रतिक्रिया