Logo

शिक्षा

शिक्षा समितिको सभापतिका लागि अम्मरबहादुर थापाको उम्मेदवारी दर्ता



काठमाडौं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिका लागि अम्मरबहादुर थापाले उमेदवारी दर्ता गराएका छन् ।

मङ्गलबार संसद् भवनमा नेकपा (एकीकृत समाजवादी) का सांसद थापाले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिका लागि उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् ।

यसअघि पनि शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापति नेकपा (एकीकृत समाजवादी)बाटै वर्तमान संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशी थिए । जोशी मन्त्री बनेसँगै समितिको सभापति रिक्त थियो । रिक्त पदमा एकीकृत समाजवादीकै सांसद थापाले उमेदवारी दर्ता गराएका हुन् ।

दर्ता गराइसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफू समितिको सभापतिमा सर्वसम्मत हुने विश्वास व्यक्त गरे । थापाको प्रस्तावकमा नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेल, समर्थकमा दीपा शर्मा रहेका छन् । समिति सभापतिको निर्वाचन चैत्र ७ गते हुँदैछ ।

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलवार १६:२९   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।