Logo

आजको तस्बिर

सिमसिम झरीले निथ्रुक्क काठमाडौं [फोटो फिचर]



काठमाडौं- काठमाडौं उपत्यका बुधबार बिहानैदेखि परेको सिमसिमे झरीले निथ्रुक्क भिजेको छ। राम्रोसँग हिउँदे झरीसमेत हुन नसकेको काठमाडौं आज बिहानदेखि परेको झरीका कारण थोरै भए पनि भिजेको हो।

वर्षा हुन नसक्दा उपत्यामा प्रदूषण अत्याधिक बढेको छ। बुधबार कोशी, बागमती र गण्डकी प्रदेशमा पहाडी तथा उच्च पहाडी क्षेत्रका केही ठाउँमा वर्षा भइरहेको छ।

प्रदेशका उच्च हिमाली भागमा हिमपात समेत भइरहेको छ। पश्चिम तथा सुदूरपश्चिमका क्षेत्रहरूमा भने बादल लागिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

भूमध्य सागरबाट आएको जलवाष्पयुक्त वायु र स्थानीय बादल बन्ने प्रणालीबाट हाल देशका विभिन्न ठाउँमा वर्षा र बदली भइरहेको हो।

प्रकाशित मिति : ७ चैत्र २०८०, बुधबार १३:०४   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।