Logo

मनोरञ्जन

गायिका अनुको ‘वाचा’मा विजयको रोमान्स (भिडियो)



काठमाडौं । पछिल्लो समय चर्चामा रहेकी गायिका अनु चौधरीको नयाँ गीत सार्वजनिक भएको छ । ‘वाचा’ बोलको उक्त गीतमा अनुसँगै गायक अजित घिसिङ तामाङको स्वर रहेको छ ।

अजितकै शब्द र संगीत रहेको यो गीतको भिडियोमा मोडल विजय कार्की र अनिमा विश्वकर्मा फिचर्ड छन् । रोमान्टिक शैलीमा गाइएको यो प्रेम गीतमा विजय र अनिमाको ‘लभ क्यामेस्ट्री’ देख्न सकिन्छ । विशाल थापाको छायांकन, नहकुल खड्काको सम्पादन रहेको यो गीतको भिडियोलाई सुनिल बुढाथोकीले निर्देशन गरेका छन् ।

प्रकाशित मिति : ९ चैत्र २०८०, शुक्रबार ११:३३   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।