Logo

सुरक्षा / अपराध

दुर्लभ वन्यजन्तु रेडपाण्डाको छाला सहित पक्राउ



कोहलपुर नगरपालिका-११ बसपार्कस्थित न्यू राप्ती होटलबाट दुर्लभ वन्यजन्तु रेडपाण्डाको २ फिट २ ईन्च लम्बाई भएको १ थान छाला सहित ४ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पर्नेहरूमा सुर्खेत बराहताल गाउँपालिका-५ बस्ने २७ वर्षीय गणेश नेपाली, सोही स्थान बस्ने २८ वर्षीय लाल बहादुर नेपाली, दैलेख चामुण्डाबिन्द्रा नगरपालिका-५ बस्ने २२ वर्षीय दिनेश कार्की र सोही स्थान बस्ने २७ वर्षीय उमेश बहादुर थापा रहेका छन् ।

उक्त होटलमा रेडपाण्डाको छाला ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले होटल तलासी गर्दा उनीहरू बसेको कोठाबाट उक्त छाला फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रकाशित : १९ कार्तिक २०७७, बुधबार